अमेरिकाको लस एन्जलसमा लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् ।
अझै पनि आगो सल्किरहेका क्षेत्रमा पालिसेड्स, इटन र हर्स्ट पर्छन् ।
आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ । यहाँको आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको र १४ प्रतिशत मात्रै आगो मात्रै नियन्त्रणमा आउन सकेको छ ।
आगलागीबाट दोस्रो बढी प्रभावित क्षेत्र इटनमा ३३ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । अहिले पनि १४ हजार एकडभन्दा बढी क्षेत्रमा आगो बलिरहेको छ ।
मौसम विभागका वैज्ञानिक रिच थम्प्सनले सेन्टा आना हावाको वेगले आगो फैलिन मद्दत गरेको र यो तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।