स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।
पूर्वगृहमन्त्री लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन्।
पुस २८ गते गत आइतबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएका रविबारे न्यायाधीश माधवप्रसाद घिमिरेको इजलसामा पुस २९ गते सोमबारदेखि थुनछेक बहस जारी छ।
पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने २६ पुसमा रिहा भएका थिए ।