प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका साना बाम दलहरुले बनाएको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यावद नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु उपस्थित भएका छन् ।
चक्रिय प्रणालीमा मोर्चाको नेतृत्व परिवर्तन हुन्छ । हाल एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको संयोजक छन् ।
पछिल्लो समय केही निस्क्रिय रहेको मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच २ पटक छलफल भएको थियो ।
उनीहरुबीचको छलफलपछि मोर्चाको बैठक राखिएको हो । मोर्चामा यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि थियो । तर, उनको दल विभाजित भएपछि त्यसमा उनले प्रचण्डलाई दोषी देखाउँदै मोर्चा छाडेका थिए ।