शेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ जेठ ३० गते आइतबार नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

मौद्रिक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।

कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ । आज नेप्से २४.५७ अंकले घटेर तीन हजार एक सय ५४ दशमलव ३४ विन्दुमा थामिएको छ । आज कारोबार भएका तीन समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार