मन्त्रिपरिषद् बैठक दिउँसो बस्दै

आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो।

सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।