दुई दिनमा तीन हजार रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। आज सुनको मूल्य तोलाको चारसय रुपैयाँ घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलाकै एक हजार नौसय रुपैयाँ बढेर एक लाख ६० हजार रुपैयाँ कायम भएको थियो। गएको मंगलबार पनि सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँ घटेर एक हजार आठसय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठसय ९५ रुपैयाँ थियो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।