अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा

Image

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उदयपुरका दिलबहादुर राईले उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

‘बिहीबार मुद्दा दायर भएको हो । न्यायाधीशका विषयमा मिडियामा दिएको अभिव्यक्तिका कारण अदालतको अवहेलना भएको हुनाले उक्त मुद्दामा कारबाही गरी पाऊँ भन्दै मुद्दा दायर भएको हो,’ श्रेष्ठले भने ।

सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई धरौटीमा छाड्न आदेश दिएपछि त्रिपाठीले उनीहरूमा कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए।

जसविरुद्ध बहालवाला न्यायाधीशहरूले पनि बिहीबार संस्थागत विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी जम्मा गरी रिहा भएका हुन्।