शुक्रबारको तुलनामा शनिबार (आज) काठमाडौँ उपत्यकामा चिसो बढेको महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शनिबार काठमाडौँमा न्यूनतम र अधिकतम दुवै तापक्रम शुक्रबारभन्दा कम भएको हो।
काठमाडौँमा शुक्रबार न्यूनतम ५.९ र अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस थिए। आज शनिबार दुवै तापक्रम घटेर क्रमशः ४.८ र २०.५ डिग्री सेल्सियसमा झरेका छन्।
मौसमविद् सरोज पुडासैनीले शुक्रबारको तुलनामा शनिबार काठमाडौँमा थोरै चिसो बढेको बताए।