कांग्रेस संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशनबारे छलफल गर्ने

Image

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आझ बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।