रौतहटका युवक नैकापमा मृत भेटिए

रौतहटका एक युवक काठमाडौँमा मृत भेटिएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार साह मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

उनी नैकापमा डेरा गरी बस्थे। आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी मृत भेटिएका हुन्।