नेकपा एसको समीक्षा- भित्रैबाट फुटाउने अनेक षड्यन्त्र हुँदैछन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका लागि स्वयं पार्टीभित्रैबाट प्रयास भइरहेको बताएका छन् । अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका(४ जारी गर्दै सो कुरा बताएका हुन् ।

‘हामीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्रहरू हुँदै आएका छन्, जसलाई हामीले सामना गर्दै आएका छौँ’ नेपालले जारी गरेको अपानिमा भनिएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले टुटफुट र गुटभन्दा माथि उठेर पार्टी निर्माणका लागि जुट्न आह्वान गरेका छन् । ‘आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ । अनेक चुनौतिहरू छन्तर हाम्रा कमजोरी र सामथ्र्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन धेरै सम्भावना छन भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौँ’ उनले अपानिमा भनेका छन् ।

साथै उनले नेकपा (एमाले) सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् । अपानीमा भनिएको छ, ‘नेकपा ९माओवादी केन्द्र० मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुनसक्छ । यस परिस्थितिमा मुलुकको कम्युनिष्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको छ । त्यसका लागि समय कम हुँदै गएको छ ।’