राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालमा डिजिटल भुक्तानी निःशुल्क गर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ । मंगलवार रास्वपा सचेतक निशा डाँगीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर नेपालमा डिजिटल भुक्तानी निःशुल्क गर्न ध्यानाकर्षण पत्र बुझाएकी हुन् ।
सरकारले एकातिर डिजिटल नेपाल फ्रेमवर्ककाे खाका बनाएर विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको र अर्कोतिर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार थपिरहेको भन्दै रास्वपाले नि:शुल्क गर्न आग्रह गरेकाे हाे ।
आगामी दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहन गर्दै डिजिटल भुक्तानीलाई अझ सहज र प्रभावकारी बनाउन अर्थमन्त्री पाैडेललाई रास्वपा सचेतक डाँगीले अनुरोध गरेकी छन् ।