नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा फुलमाया रानामगर ‘खुशी’ निर्वाचित भएकी छन् ।
पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा रानामगर निर्वाचित भएकी हुन् । उनले ५९६ मत ल्याएकी छन् ।
वरिष्ठ उपाध्यक्ष उपदेश यादव प्यानलकी पार्वता चाम्लागाइ (पारू) दोस्रो र विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो र सुदिन पौडेल प्यानलका शिव श्रेष्ठ चौथो भएका छन् ।
पदाधिकारीमध्ये कोषाध्यक्ष र सचिवको मतगणना सकिएको छ । अहिले उपमहासचिव र महासचिवको मतगणना भइरहेको छ । त्यसपछि उपाध्यक्ष र अध्यक्षको मतगणना सुरू हुनेछ ।
सात प्रदेको नतिजा अनुसार अध्यक्षमा विजयप्रकाश र हेमन्तबीच कडा टक्कर हुने देखिएको छ । यद्यपि पेरिसडाँडाको मतगणना निर्णायक हुनेछ ।