मन्त्री गए, सांसद गएनन्, पूर्वाधार समितिको बैठक स्थगित

Image

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ ।

बिहान साढे ११ बजे बोलाइएको बैठकमा १ घण्टासम्म पनि जम्मा १० जना सांसद मात्रै उपस्थित भएपछि स्थगित गरिएको हो । आजको बैठकमा उर्जामन्त्री दिपक खड्कासँग छलफल गर्ने कार्यतालिका थियो ।

तर, २५ सदस्य रहेको समितिमा १० जनामात्र उपस्थिति भएपछि बैठक स्थगित गरिएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । अब अर्को बैठकको मिति तोकिएको छैन । समितिको बैठकका लागि ५१ प्रतिशत सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ ।

छलफलका लागि ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री कान्छाराम तामाङ पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पुगेका थिए । कोरम नपुगेपछि मन्त्रीद्वय त्यसै फर्किएका छन् ।