अमेरिकाको वाशिङटन डिसीमा ६४ जना सवार विमान र हेलिकोप्टर ठोक्किए

Image

अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६४ जना सवार विमान र तीन जना सवार सेनाको हेलिकप्टर एकापसमा ठोक्किएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ । ६० यात्रु र चालकदलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।