मोर्चा बनाउन आठ मधेसवादी पार्टी छलफलमा जुटेका छन् । अहिले सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा मधेसवादी मोर्चा बनाउन आठ दल जुटेका छन् ।
केही समययता राजनीतिमा सक्रिय रहेका जनता समाजवादी पार्टी(जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी(जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), राष्ट्रिय मुक्ति पार्टी नेपा, जनता जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीहरू मोर्चा बनाउन छलफलमा छन् ।
आजको बैठकको तस्बिरमा मधेसका शीर्ष नेता भने उपस्थित देखिन्नन् ।