वासिङ्टनको आकाशमा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ बढीको मृत्यु भएको आशंका

Image

अमेरिकाको वासिङ्टनको आकाशमा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

स्थानीय समयअनुसार बुधबार राति ९ बजे ६४ यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज र तीन जना अमेरिकी सेना सवार हेलिकप्टर आपसमा ठोक्किएको यू योर्क टाइम्सले जनाएको छ। जहाज वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङटन नेशनल एयरपोर्टनजिक दुर्घटना भएको हो।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी, उद्धारकर्ता र एम्बुलेन्स परिचालन गरिएको छ। क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिकाको राजधानीको मध्यभागमा अवस्थित रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो।विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन सैनिक रहेको बताइएको छ।

सेनाको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको सेनाका एक अधिकारीले बताएका छन्।