तेह्रथुम पावरले ८ करोडको आईपीओ भदौ ९ देखि खुलाउने

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । गत साउनमा प्रभावित जिल्लाका बासिन्दाका लागि आईपीओ निकालेको तेह्रथुमले भदौ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोष कम्पनीलाई छुट्याएको छ भने अर्को १६ हजार कित्ता कर्मचारीलाई छुट्याएको छ ।

बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन् । कम्पनीको सेयरका लागि न्यूनतम १० र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार