अमेरिकामा फेरि विमान दुर्घटना

Image

अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा शनिबार बिहान विमान दुर्घटनाग्रस्त भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार फिलाडेल्फियाबाट मिसौरी जाँदै गरेको विमानमा ६ जना सवार थिए । यसमा दुई डाक्टर, दुई पाइलट, एक बिरामी र एक परिवारका सदस्य रहेको जनाइएको छ । दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ ।

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार लियरजेट ५५ नामको विमानले स्थानीय समय अनुसार शुक्रबार साँझ ६स्३० बजे उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको थियो । त्यसको ३० सेकेन्ड पछि ६.४ किलोमिटर (४ माइल) टाढा दुर्घटनाग्रस्त भयो ।

एएफपीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विमान आवासीय क्षेत्रका घरहरूमाथि खसेको र त्यस क्षेत्रका धेरै भवनहरूमा आगो लागेको जनाएको छ । हाल उद्धार टोलीले आगो नियन्त्रणमा लिएको छ ।

विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएको बीबीसी समाचारमा उल्लेख छ । विमान दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन ।

गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको ज्यान गएको थियो ।