राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद भट्ट

Image

राष्ट्रिय सभा सांसद नारायणदत्त भट्ट बिरामी भएका छन्।

आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिन गएका भट्टको स्वास्थ्यमा एक्कासि समस्या देखिएको हो।

भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए । ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले बाहिर लगेका थिए । उनको अहिले उपचार भइरहेको छ ।