महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच कर्जा असुली प्रणाली सुदृढ बनाउने सम्झौता

Image

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबी कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी सम्झौता भएको छ ।

दुई पक्षबीच बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच सम्झौता भएको हो । बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौतापश्चात् बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्ने जनाइएको छ ।

डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुसंग बैंकिङ सवलीकरणका लागि सहकार्य गर्दै आएको छ । अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्धारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा व्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास लिइएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने, बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।