इजरायलका राष्ट्रपति इज्याक हर्जोगले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको बताएका छन् ।
मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।
राष्ट्रपति हर्जोग र राजदूत पण्डित बिचको उक्त संवादबारे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर सो कुराको जानकारी दिएको छ ।
‘टेलिफोन वार्तामा इजरायलका राष्ट्रपतिले अन्य कुराहरूका साथै ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमणका क्रममा हासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीलगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गएको २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिक किबुज अलुमिममा रहेको बंकरमा १६ नेपाली थिए । तीमध्ये १० जना मारिएका थिए भने एक जना विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो ।