संसदमा बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन् । संसदमा बहुमत गुमाएपछि सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ ।

विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए । १७ महिना प्रधानमन्त्री कार्यकाल बिताएका यासिनको राजीनामा पछि कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई उकास्ने र भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा धक्का लाग्ने जनाइएको छ ।

अब त्यहाँ कसले सरकार बनाउँछ भन्ने खुलिसकेको छैन । गत वर्ष मार्चमा उनी प्रधानमन्त्री बनेका थिए । २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए । तर पछिल्लो महिना गठबन्धनमा विवाद भएपछि यासिनको सरकार ढल्ने टिप्पणीहरु भैरहेका थिए ।

सम्बन्धित समाचार