झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

Image

सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र वर्ष १८ का अर्जुन झाँक्री मगर रहेका छन् । उनीहरू बराहताल गाउँपालिका–४ को कुटादेखि चाम्री जोड्ने भेरी नदी माथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न थिए ।

प्रहरी चौकी बड्चिौरका प्रहरी सहायक निरिक्षक दिलिप बस्नेतका अनुसार उनीहरू बुधबार बिहान ११ः४५ बजेको समयमा बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा नदीमा खसेका थिए ।

बस्नेतका अनुसार सशस्त्र प्रहरी बलको गोताखोर र स्थानीयको सहयोगमा उनीहरूको खोजी कार्य भइरहेको छ ।