प्रहरी प्रभाग साँखुमा मृत भेटिइन् जवान चौधरी

Image

काठमाडौं साँखुमा रहेको प्रहरी प्रभागको ब्यारेकमा कार्यरत एक जना महिला प्रहरी मृत भेटिएकी छन् ।

बुधबार मध्याह्न प्रहरी जवान २३ वर्षीया निशा चौधरी ब्यारेक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। 

बर्दिया घर भएकी उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।