कुमारी स्मार्ट लगइन च्यालेन्जः १० हजार पुरस्कार

कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ ।

उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले १ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । साथै अभियानको अन्त्यमा कुमारी स्मार्ट प्रयोगकर्ता मध्ये १ जनाले १० हजार नगद प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू भएको १ महिनासम्म कुमारी स्मार्ट एप चलाएको हुनुपर्नेछ । अभियान अवधिमा एममार्फत खातको विवरण हेर्ने, टपअप गर्ने, बिल भुक्तानी गर्ने, क्यूआर भुक्तानी र बैंक ट्रान्सफर गर्नुपर्नेछ । यो अभियान मंगलबारदेखि सुरु हुने बैंकले जनाएको छ ।

डिजिटल प्रणालीमार्फत बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्न यस्तो अभियान संचालन गरिएको बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार