डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै ‘समर स्पिड’ अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस का वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप तीन महिना बोनसको सुविधा उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निःशुल्क फाइभ–जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ ।
यस अफरका अनुसार, डिशहोम इन्टरनेटको १०० एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहितको) मूल्य रु ८ हजार ५ सय, २०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको रु ११ हजार ५ सय र ३०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु १३ हजार ५ सय रहेको छ ।
यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि समान रूपमा उपलब्ध छ । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्नेछन् ।
नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।
थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।