नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा गणकपुरक संख्या नपुग्दा निर्णयार्थ पेश हुन नसकेको सो विधेयक आजको बैठकमा पेश गरिएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।
अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताए । आइतबार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या पुगेको थिएन ।