सानिमा बैंकद्वारा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख प्रदान

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।

बीमाको रकम श्रीमती पुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका छन् । मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक, अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ प्रकारका जटिल रोगको उपचार बीमा, ५० हजारसम्मको स्वास्थ बीमा र ५ हजारसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकले देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा एटीएम संचालन गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार