सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर १ भगतपुरकी रिंकुकुमारी सादयको मृत्यु घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन भएको छ ।
मृत्यु घटनामा थप अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको एसएसपी शान्तिराज कोइरालाको जानकारी दिए ।
एसएसपी कोइरालाकै नेतृत्वमा सोमबार इन्स्पेक्टर, मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डेको अवस्थामा फेला परेकी थिइन् ।
घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।