सभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ बचत खाता

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खाता संचालनमा ल्याएको छ । जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

५८ वर्ष भन्दामाथिकाले न्युनतम मौज्दात रु १० हजार राखी खोल्न सकिने यस बचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथ साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै बाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।

निक्षेपतर्फ रु. ९१.६७ अर्ब र कर्जातर्फ रु. ८५.१४ अर्ब पु¥याउन सफल सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५% मा सिमित गर्न सफल भएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार