नेपाली छात्रा लम्सालको मृत्युबारे केआइआइटीले माग्यो माफी, दुई सुरक्षागार्ड बर्खास्त, तीन जना निलम्बित

Image

 भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले छात्राबासमा रहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा माफी मागेको छ ।

केआइआइटीले आज एक विज्ञप्ति जारी गर्दैै घटनालाई गम्भीर रुपमा लिएको जनाउँदै माफी मागेको हो । उसले गहिरो दुख व्यक्त गर्दै नेपाली विद्यार्थीलाई अभद्र व्यवहार गर्ने दुई जना सुरक्षा गार्डलाई सेवाबाट हटाइएको र तीन जना निलम्बित भएको जनाएको छ ।

‘हाम्रा कर्मचारीको व्यवहारबारे, हामी मान्छौं कि आवेगमा आएर केही टिप्पणीहरू भए र त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहान्छौं। हामी सबै भन्दा माथि विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं,’ सूचनामा भनिएको छ।

आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल मृत फेला परेकी थिईन् । भारतीय एक नागरिकको प्रेसर सहन नसक्दा उनले आत्माहत्या गरेको त्यहाँ रहेका नेपाली विद्यार्थीको आरोप छ । ती युवा हाल प्रहरीको नियन्त्रणमा छन् । पक्राउ परेका युवा प्रकृतिको प्रेमी हुन् ।