ओडिसा घटना समाधान नगरे एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

Image

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो ।

‘उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

गत आइतबार केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो । घटनाको छानबिन गर्न माग गरेका नेपाली विद्यार्थीहरूप्रति कलेजका कर्मचारीहरूले ज्यादती गरेका थिए । 

‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय छ,’ मन्त्रालयले भनेको छ ।

प्रकृति लम्साल मृत्यु प्रकरण: केआईआईटीका २ सुरक्षा गार्ड बर्खास्त, ३ अधिकारी निलम्बन

नेपाली छात्रा लम्सालको मृत्युबारे केआइआइटीले माग्यो माफी, दुई सुरक्षागार्ड बर्खास्त, तीन जना निलम्बित

नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न नेपाल प्रहरीको टोली उडिसा पुग्यो