त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो । उक्त वस्तु बम नभएर कपडाको पोको रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
त्रिपुरेश्वर चोकनजिकै उद्योग विभाग अगाडी झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो । सोही टोलीले उक्त वस्तु डिस्पोज गरेको हो।