नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् ।
प्रेस सेन्टर ताप्लेजुङले बुधबार गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठन बलियो बनाउने लागेको स्पष्ट पारेका हुन ।
उनले संविधान संशोधन र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सरकारसँग समन्वय भइरहेको पनि बताए ।
‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग कुरा भइरहेको छ,’ उनले भने ।