शेरबहादुर देउवा बिहीबार भारत जाने

Image

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । उक्त कार्यक्रममा देउवासहित विभिन्न देशका १९ जना वक्ता सहभागी हुनेछन् ।

कुम्भ मेला फागुन १४ गते सकिँदैछ ।