हनुमानढोकामा एक व्यक्ति मृत भेटिए, दुई जना पक्राउ

Image

काठमाडौँको हनुमान ढोकामा एक पुरुषको हत्या भएको छ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो ।

अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परे पनि उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ । अन्य पहिचान भने नखुलेको बोहराले बताए ।

उनको हत्या गरेको सीसीटीभी फुटेजका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सीसीटीभीमा बाँसले हानेर हत्या गरेको देखेपछि उनीहरूलाई पक्राउ गरेको बोहराले बताए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।