रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले सडकको किनारस्थित खेतमा परालले छोपिएको अवस्थामा शव फेला परेको बताए ।
अन्दाजी ३०/३५ वर्षकोजस्तो देखिने महिलाको शव भेटिएको उनले बताए । उनको हत्या भएकोजस्देतो खिएको प्रहरीले बताएको छ । ‘अन्दाजी ३०/३५ वर्षकी महिलाको शव फेला परेको हो । पहिचान खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘घटनास्थलबाट मोबाइल बरामद भएको छ । हामी अनुसन्धान गर्दैछौँ ।’