काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिका अल्छीहरूको देश रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै मेयर बालेनले अमेरिकीहरू आफै देश बनाउन नसक्ने र उसलाई बाँकी देशका जनशक्ति आवश्यक हुने बताएका हुन्।
‘हाम्रो देश तपाईंहरूको भन्दा राम्रो छ भन्ने स्मरण गराइदिनुभएकोमा धन्यवाद,’ बालेनले फेसबुकमा लेखेका छन्।
उनले जनशक्ति विदेशिएका कारण नेपाल गरिब भएको पनि बताएका छन्। त्यसकारण डिभी लट्रीलाई पनि तत्काल बन्द गर्न र नेपालका ‘रत्न’हरू फिर्ता गर्न माग गरेका छन्। उनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन् ।
उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ । कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।