भक्तपुरमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा २१ वर्षीय युवकको मृत्यु

Image

भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते छन् ।

ट्राफिक प्रहरी परिसर भक्तपुरका अनुसार, दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सूर्यविनायक–९, काँक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । ठिमीस्थित मध्यपुर अस्पतालमा उनको उपचार भइरहेको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका रामेछापको मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।