अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेश प्रदेशको अगुवा कार्यकर्ता भेला सुरु भएको छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि स्मृति भवनमा उक्त भेला सुरु भएको हो ।
भेलालाई अध्यक्ष राईले सम्बोधन गर्ने भनिएको छ । उक्त भेला कार्यक्रमको सभापतित्व भने उपमहासचिव डा. वीरेन्द्र प्रसाद महतोले गरेका छन् ।
पछिल्लो समय जसपाले मधेशकेन्द्रित संगठन निर्माणको कार्यलाई तिव्रता दिएको छ । आफूहरु सांसद पद नै त्याग्न तयार भएर विद्रोहमा होमिएको राईको भनाई रहँदै आएको छ ।