निजामती विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन

Image

संघीय निजामती सेवा विधेयकमा दफापिच्छे विवाद भएपछि सहमतिका आधारमा टुंगो लगाउन राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ ।

दफावार छलफलका क्रममा सहमति नभएपछि उपसमितिमार्फत टुंगो लगाउन खोजिएको हो । समितिको शुक्रबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ । समितिलाई एक महिनाको समय दिइएको छ ।

समितिमा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादी केन्द्रबाट हितराज पाण्डे,रास्वपाबाट डा। चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एसबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् ।

आजको बैठकमा समितिको एउटा बैठकमा एक दफा पनि नटुंगिएको भन्दै उपसमिति गठन गर्नुपर्नेमा सदस्यले जोड दिएका थिए ।

विधेयकमा भएको १० दफामध्ये २ वटामा मात्रै सहमति भएपछि उपसमिति बनाएर टुंग्याउन लागिएको बैठकका सभापति रामहरि खतिवडाले बताए ।