कैलालीमा विषादी सेवनबाट आमा र छोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका-२ की ३४ वर्षीया मीना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो ।
घरमा शुक्रबार दिउँसो नाम नखुलेको विषादी खाएको अवस्थामा भेटिएपछि छोराले दुवैलाई अस्पताल पुर्याएका थिए । प्रहरीका अनुसार उपचारका क्रममा आमाछोरीकै मृत्यु भएको हो ।
उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।