संविधान सभा सदस्य सापकोटाको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित

Image

 प्रतिनिधि सभाले संविधान सभा सदस्य विदुर सापकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पारितका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । शोक प्रस्ताव पारित गरेसँगै संसद्को बैठक भोलि दिउँसो १ बजेसम्म स्थगीत भएको छ ।

दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे-४ बाट नेकपा एमालेको तर्फबाट सापकोटा सांसदमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि एकीकृत समाजवामा रहेका उनको गत शुक्रबार निधन भएको थियोे ।