हेटौँडाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट एक थान पेस्तोल र ३ राउन्ड गोलीसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दिपक कुमार रहेका छन्।
प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तोल तथा गोली सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।