सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.२४८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १.२४८९ प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।