ओली सरकारबाट जनताको कहिल्यै भलो हुँदैन : सांसद शाही

Image

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले गाउँगाउँमा सिंह गएको भएपनि दरबार नगएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले अहिलेको केपी ओली सरकारबाट जनताको कहिल्यैपनि भलो नभएको आरोप लगाए ।

अहिलेको सरकारले काठमाडौं महानगरलगायत देशका अधिकांश नगरपालिका, पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखिदिएको उनको आरोप छ ।

उनले शिक्षक, कर्मचारी सबै ठप्प रहेको टिप्पणी गरे । उनले काठमाडौं महानगरमा सरसफाई गर्ने कर्मचारीहरुले तलब खान नपाएको भन्दै यसको सरकारलाई पाप लाग्ने बताए।