प्रधानमन्त्रीको कार्यक्रममा हुलदङ्गा गर्ने आशङ्कामा चार जना नियन्त्रणमा

Image

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली संलग्न हुने कार्यक्रममा हुलदंगा गर्ने भन्दै फेसबुकबाट प्रचार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

काठमाडौँको जोरपाटीमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा सम्बोधन गर्न प्रधानमन्त्री ओली पुग्दै गर्दा फेसबुकमा हुलदंगाका लागि आव्हान गर्दै लेखेकाले उनिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई अवरोध गर्ने भन्दै किरण केसी, राजु सुनुवार, राजेश दाहाल र मोहन सिंहले त्रास फैलाउने खालको पोष्ट गरेका थिए ।

उनिहरुको लेखाईका कारण ‘सम्भावित जोखिम रोक्न चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन । प्रधानमन्त्री ओलीले आज काठमाण्डौको जोरपाटीमा अवस्थित मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन । सोही कार्यक्रममा जाने सुचना पाएपछि उनिहरुले फेसबुकमा प्रधानमन्त्रीलाई अवरोध गर्ने खालका अराजक टिप्पाणी गरेका थिए ।