काठमाडौँको तीनकुनेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा छिन् ।
काठमाडौँ महानगरपालिका-३२ तीनकुने नजिकै गएराति प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकललाई बा. ०३-००१ क ११७५ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परले ठक्कर दिएपछि मोटरसाइकल बा५ख १५४६ नम्बरको बसमा ठोकिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि तीनवटै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।