उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि देउवाले बोलाए शीर्ष नेताको बैठक

Image

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक शुक्रबार अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने छ ।

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी बोलाइएको छ । बैठकमा संसद्मा पेश भएका विधेयक, सदनमा अलपत्र अध्यादेश र पार्टीको भातृ संगठनको अधिवेशन लगायतका विषयमा छलफल हुँदैछ ।

आजै आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका छन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ ।

उक्त संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा उपस्थित हुनेछन् ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन। आजको बैठकमा उक्त अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ ।

अध्यादेशलाई लिएर कांग्रेसको संस्थापन इतर समूह रुष्ट छ । आजको बैठकले पार्टीभित्रै समान धारणा बनाउने देउवाको तयारी छ ।